फागुन २५, काठमाडौं ।
पेरु र कंगोका जंगलमा मात्र पाइने ‘अल्पाका’ जातको चौपाया मकवानपुरको थाहा नगरपालिका-१० स्थित विसिङखेलमा पालिएको छ ।
हिमालय प्लान्टेसन्स् प्रालिले विगत दुई वर्षदेखि विसिङखेलमा भाले र पोथी गरेर १४ वटा अल्पाका पालेको छ ।
ऊँटको जस्तो लामो घाँटी भएकोे चौपाया २० वर्षअघि पेरुवाट प्लान्टेसनले ल्याएको बताइएको छ ।
तत्कालीन हिमालय प्लान्टेसन्स प्रालिका हर्टमुट बाउडरले पेरुवाट २ वटा भाले र २ वटा पोथी अल्पाका ल्याएका थिए ।
सुरुमा उनले दोलखाको जिरीमा पालेका थिए । जिरीवाट स्थानान्तरण गरेर करिब ५ वर्ष ललितपुरको ठैबमा बाउडरले पालेका थिए ।
चार वटावाट बाउडरले २० वटासम्म अल्पाकाको संख्या पुर्याए पनि कालगतीले केही मरेपछि अहिले १४ बटा मकवानपुरमा ल्याएर पालिएको छ ।
माइनस १० डिग्री चिसोमासम्म बाँच्न सक्ने जनावर शौख र ऊन विक्रीका लागि पाल्ने गरिएको हिमालय प्लान्टेसन्स् प्रालिका प्रबन्धक पदमबहादुर खड्काले बताए ।
८ रोपनी जमिनमा तारबार लगाएर अल्पाका प्रालिएको प्रबन्धक खड्काले जानकारी दिए । जौं घाँस, गाँजर, स्याउ र मकैको च्याख्लामात्र खाने अल्पकाको पोथी ५ वर्ष पुगेपछि मात्र गर्भवती हुने गर्छ ।
विगत १४ वर्षदेखि अल्पाकाको स्याहार सुसार गर्दै आएका गंगा जिरेलका अनुसार गर्भ रहेको १३ महिना पुगेपछि मात्र अल्पाकाले बच्चा जन्माउने गर्छ ।
पोथी अल्पाकाको वच्चालाई दुध चुसाउने २ वटामात्र थुन हुने र एक वेतमा एउटामात्र बच्चा जन्माउने जिरेलले जानकारी दिए ।
बाख्राको जस्तो वडकौला दिसा गर्ने चौपाया सधै एकै स्थानमा दिसा गर्ने बताइएको छ । चिसोमा वस्ने भएकाले यसको रौं लामो र बाक्लो उम्रेने भएकाले वर्षको एक पटक मात्र रौं (ऊन) काट्ने गरिने बताइएको छ ।
अल्पाकाको ऊनको मूल्य काठमाडाैंमा एक किलोको एक लाखमा बिक्रि हुने गरेको छ ।
एउटा अल्पाकाको शरीरवाट मुस्किलले एक वर्षमा २ केजीसम्म ऊन निस्कन्छ । प्रालिसँग ७ वटा बोका, ३ वटा खसी र चार वटा पोथी अल्पाका छन् ।
अल्पाको बढीमा २५ वर्ष आयु हुने म्यानेजर खडकाले वताए । उनले पालेका उक्त जन्तुमा २ वर्षदेखि २० वर्ष उमेर सम्मका छन् ।
पेरुबाट बाउडरले त्यतिवेला भालेको ७ र पोथीको १२ लाख रुपैयाँसम्म अल्पाका खरिद गरेर ल्याएको बताइएको छ ।
अल्पाका दक्षिण एसियामै नेपालको मकवानपुरमा पालिएको कम्पनीको दाबी छ ।
