फेरि नेपाल भारत नाका तीन दिन बन्द हुने

२५ फाल्गुन २०७४, शुक्रबार ०७:२१

फागुन २५, काठमाडौं ।

भारतको अररिया जिल्लामा हुने चुनाबलाई लक्षित गरि नेपाल भारत सीमा बन्द हुने भएको छ ।

सुरक्षा अधिकारीहरुबीच भएको सहमतिपछि आज साझ ७ बजेदेखि आइतबार साझ ७ बजेसम्म सीमा सिल गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ ।

सर्बसाधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।