फागुन २४, काठमाडौं ।
राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज हुँदैछ ।
राष्ट्रपति चयनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीको छानबिनपछि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
मुलुकको तेस्रो राष्ट्रपतिका लागि हिजो सत्तारुढ वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले मनोनयन दर्ता गराएका छन् । आयोगले साँझ ६ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ ।
त्यसअघि, मनोनयन दर्ता गराएका उम्मेदवारलाई नाम फिर्ताका लागि अपराह्न साढे ४ बजेदेखि १ घण्टा नाम फिर्ताको समय उपलब्ध गराईने निर्वाचन कार्यतालिका छ ।
राष्ट्रपतिको निर्वाचन आगामी २९ गते बिहान १० देखी दिउँसो ३ बजेसम्म हुनेछ ।
