बन्दको प्रचार गर्दै हिँड्ने एक जना न्यूरोडबाट पक्राउ

२४ फाल्गुन २०७४, बिहीबार ११:००

फागुन २४, काठमाडौं ।

प्रहरीले बन्दको प्रचार गर्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ ।

फागुन २५ र २६ गते बन्द हुने भन्दै प्रचार गरेर हिँडिरहेको अवस्थामा ‘पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ समूह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका हुन् ।

उनलाई राजधानीको न्यूरोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।