जनकपुर उपमहानगरपालिकामा कांग्रेसभन्दा राजपा दोब्बर मतले अघि

४ आश्विन २०७४, बुधबार ०२:१९

असोज ४, काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मतगणना भइरहँदा राजपाले आफ्नो अग्रता कायमै राखेको छ । चासोका रुपमा रहेका जनकपुर उपमहानगरपालिकामा कांग्रेस पछि परेको छ । कांग्रेस भन्दा दोब्बरमतले राजपा अगाडी देखिएको छ । कांग्रेस नेता विमलेन्द्र नीधिले जित्ने दावी गरेको स्थानमा कांग्रेसको संकेत राम्रो देखिएको छ्र्रैन । वाडा नं. १, २ र ३ को ८ सय मत गन्दासम्म राजपा कांग्रेसभन्दा झण्डै दोब्बर मतले अघि रहेको छ ।

यस्तो छ पछिल्लो मतपरिणाम ः
राजपा
मेयर (लालकिशोर साह) – ४३२
उपमेयर (रिता झा)– २७४
कांग्रेस
मेयर (मनोज साह)– १५६
उपमेयर (लिलम कर्ण)– १२९
एमाले
मेयर (लक्ष्मीनारायण भगत)– ३१
उपमेयर (पुनम झा) – २९