फागुन २४, काठमाडौं ।
विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालको ब्याटिङ संकटमा परेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९ रनमै पाँच विकेट गुमाएको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । त्यसको लगत्तै अर्का ओपनर दिलिप नाथ आउट भए ।

उनीहरुको बाटो पछ्याउँदै मध्यक्रमका भरपर्दा दुई ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र शरद भेषवकर पनि पेभेलियन फर्किएका छन् । दिपेन्द्र १ रनमा र शरद डक आउट भए ।
स्कटल्यान्डका बलर स्टुअर्ट ह्वीटिङ्घमले ३ विकेट र साफियान सरिफले एक विकेट लिएका छन् । आरिफ सेख आठौं ओभरमा २ बनाउँदै आउट भए । रिकी बिरिङ्टनले आरिफलाई आउट गरे ।
यतिबेला क्रिजमा कप्तान पारस खड्का संघर्ष गरिरहेका छन् भने उनलाई सोमपाल कामीले साथ दिएका छन् । यो पार्टनरसीप नेपालका लागि अत्यधिक महत्वपूर्ण हुनेछ ।
बलियो ब्याटिङ पंति भएको स्कटल्यान्डलाई चुनौति दिन नेपालले २०० रन कटाउनैपर्ने हुन्छ ।
