राष्ट्रपतिमा भण्डारीद्वारा उम्मेदवारी दर्ता

२३ फाल्गुन २०७४, बुधबार ०७:५८

फागुन २३, काठमाडौं ।

राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् ।

यस्तै, समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका धेरै नेताहरु उपस्थित थिए । तर राष्ट्रपति पदमा इच्‍छा राखेका झलनाथ खनाल भने देखिएनन् ।