विश्वका सबैभन्दा बलवान मानिस जसले बोके काँधमै हेलिकप्टर (हेर्नुस् भिडियो)

२१ फाल्गुन २०७४, सोमबार १०:२२

फागुन २१, काठमाडौं । एजेन्सी

मानिसले हेलिकप्टर उडाएको कुरा त कुनै समाचारको विषय बन्ने चिज भएन । तर जब मानिसले हेलिकप्टरलाई काँधमा बोकिदिन्छ, तब त्यो घटना मूख्य समाचार नै बन्दो रहेछ ।

काँधमै हेलिकप्टर बोक्न सक्ने व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।उनको यो कीर्तिमानलाई चुनौती दिने हिम्मत अहिलेसम्म कसैले पनि गर्न सकेको छैन ।

 

  • (हेर्नुस् भिडियो)

समाचार अनुसार फ्रान्जले आफ्नो जिउको वजन भन्दा डेढ गुणा धेरै भार आफ्नो काँधले उठाइदिन सक्दछन् ।

उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । उनले ३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका थिए ।