फागुन २१, काठमाडौं ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् ।
बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियासहितको अर्को महानगरपालिका बनाउने योजना बनाएको बताएका हुन् ।

स्थानीय तहलाई नयाँ मापदण्डसहितको मिनि सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए ।
उनले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामहरुलाई स्मार्ट र आधुनिक बनाउनुपर्नेमा जोड दिए ।
बुटवललाई हरियालीसहितको अनुसन्धान केन्द्र, अध्ययन पार्कहरु र उत्पादनका क्षेत्रसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्ने उनको भनाइ छ ।
‘बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्ने छ’ मुख्यमन्त्री पाखरेलले भने ।
