ठेकेदार पनि द्रुतमार्गमा सेनासँगै मिसिए

२१ फाल्गुन २०७४, सोमबार ०९:१३

फागुन २१, काठमाडौं ।

काठमाडौं–तराई द्रुतमार्ग (फस्ट ट्रयाक) निर्माण लागि तत्कालै २२ ठेकेदार कम्पनी पनि फिल्डमा जाने भएका छन् । त्यसमध्ये ८ वटा कम्पनीले ठेक्काको लागि सम्झौता गरिसकेका छन् भने १४ वटा कम्पनीलाई ठेक्का ‘अवार्ड’ गर्न प्रक्रिया अघि बढाइएको छ ।

यो सँगै फास्ट ट्रयाकमा अब सेनासँगै ठेकेदार कम्पनीले पनि काम सुरु गर्ने भएका छन् । सेनासँग भएको सम्झौताअनुसार उनीहरुले विभिन्न खण्डमा तोकिएको निर्माणका काम थाल्नेछन् ।

सेनाले आफूसँग उपलब्ध स्रोत साधन र प्रविधिले मात्रै अत्याधुनिक फास्ट ट्रयाक निर्माण गर्न नसकिने भन्दै स्वदेशी/विदेशी ठेकेदारहरुबाट पनि काम गराउन लागेको हो ।

‘सेनाले पनि काम गरिरहेको छ । अब कन्ट्रयाक्टरहरु पनि काममा खटिनेछन्,’ नेपाली नेसाका प्रवक्ता गोकुल भण्डारीले भने,‘अब द्रुतमार्ग निर्माण्को काम अझै तीव्र गतिमा अघि बढ्छ ।’