नेपालको सामु अहिलेसम्मकै ठूलो विजयी लक्ष्य

२० फाल्गुन २०७४, आईतवार ११:१३

फागुन २०, काठमाडौं ।

आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको छ ।

यो नेपालले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

 

टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८० रन बनाएको हो ।

घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले १२३ रन बनाए  । त्यस्तै ब्रेन्डन टेलरले  १०० रन बनाए  । केमास झुवाले २३ बलमा ४१ रन बनाए  भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।