कलाकार राजेन्द्र खड्गी जेल चलान

२० फाल्गुन २०७४, आईतवार १०:४९

फागुन २०, काठमाडौं ।

कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।


जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।