जिम्बाब्वेले टस जितेर ब्याटिङ रोज्यो : विश्वकप छनोट

२० फाल्गुन २०७४, आईतवार ०८:२०

फागुन २०, काठमाडौं ।

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ क्विन्स स्पोट्र्स क्लबमा नेपालले फिल्डिङको निम्तो दिएको छ ।

आजको खेलमा नेपाली टोलीमा बलर ललित नारायण राजवंशीले डेब्यू गर्दैछन् ।

उनी करण केसीको स्थानमा टिममा आएका छन् । अब सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल पनि छन् ।