रियल मड्रिडले गेटाफेलाई हरायो

२० फाल्गुन २०७४, आईतवार ०८:०६

फागुन २०, काठमाडौं ।

क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले गेटाफेलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित गेटाफेलाई ३–१ गोल अन्तरले हराएको हो ।


घरेलु मैदान सान्टिएगो बेर्नाबेउमा भएका खेलमा रियलले २४ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमा नै गेटाफेले झड्का व्यहोर्‍यो । उसका रेमीले रातो कार्ड पाए । तर, ६५ औं मिनेटमा गेटाफेले पेनाल्टी पायो, जसमा पोर्टिलोले सहजै गोल गरे ।

खेलको ७८ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरेका छन् ।

जितपछि रियल मड्रिडको २७ खेलबाट ५४ अंक भएको छ र ला लिगाको तेस्रो स्थानमा छ । अब उसले मंगलबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।