ब्रिफिङ लिन गृहमन्त्री थापा ‘बादल’ प्रहरी हेडक्वार्टर पुगे

१६ फाल्गुन २०७४, बुधबार ०७:३०

फागुन १६, काठमाडौं ।

प्रहरी अधिकारीहरुबाट सुरक्षा ब्रिफिङ लिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रहरी हेडक्वार्टर पुगेका छन् ।

बादल १४ फागुनमा गृहमन्त्रीमा नियुक्त भएका थिए ।


ब्रिफिङको सुरुआत्मा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् ।

अब केहीवेरमा गृहमन्त्री थापाले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनेछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु ब्रिफिङमा सहभागी रहेको स्रोतले बतायो ।