३२ हजार घुससहित यातायात कार्यालयका नायब सुब्बा पक्राउ

१६ फाल्गुन २०७४, बुधबार ०७:१६

फागुन १६, काठमाडौं ।

यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा रकम मागेको आयोगले जनाएको छ ।

उनलाई नयाँ बानेश्वरस्थित बीआईसीसीको पश्चिम गेटतर्फको छक्कु बक्कु पार्कबाट लियन्त्रणमा लिइएको आयोगका सचिव एवं प्रवक्ता दीर्घराज मैनालीले बताए ।