अफगानिस्तानका कप्तान स्टानिकजाइको अपरेशन, विश्वकप छनोट गुमाउन सक्ने

१५ फाल्गुन २०७४, मंगलवार ११:११

फागुन १५, काठमाडौं ।

अफगानिस्तानका कप्तान अस्गर स्टानिकजाइको एपेन्डिक्सको अपरेशन गरिएको छ ।

जिम्बाब्वेको हरारेमा उनको अपरेशन गरिएको हो । जिम्बाब्वे क्रिकेट बोर्डका अनुसार अपरेशन सफल भएको छ ।


बोर्डले उनी १० दिनपछि खेलमा फर्कने अपेक्षा रहेको बताएको छ । तर, उनले जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता भने गुमाउने सम्भावना छ ।

नेपाल र अफगानिस्तान विश्वकप छनोटको समूह ‘बी’मा छन् र दुई देशबीचको खेल मार्च १० मा छ ।

स्टानिकजाइको अनुपस्थितिमा टिमको कप्तान रसिद खानलाई तोकिएको अफगान क्रिकेट बोर्डले जनाएको छ ।