फागुन १०, काठमाडौं । एजेन्सी
यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् ।
कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।
रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो ।
बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन्- यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो ।
त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो ।
javascript:; javascript:;
प्राक्टरले भनिन्, ‘जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’

