उपसभामुखमा एमालेकी कृष्णी थारु निर्वाचित

६ फाल्गुन २०७४, आईतवार ०८:३०

फागुन ६, काठमाडौं ।

प्रदेशसभा ५ को उपसभामुखमा नेकपा एमालेकी कृष्णी थारु निर्वाचित भएकी छन् ।

आइतबार भएको निर्वाचनमा ६६ मत ल्याएर उनी विजयी भएकी हुन् । उनको विपक्षमा १९ मत परेको छ ।

कृष्णीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेशसभामा वाम गठबन्धनका ६१ र नेपाली काग्रेसका १९ सांसद रहेका छन् ।

उपसभामुखमा नेपाली कांग्रेसले रिना खनाल विकलाई उम्मेदवार बनाएको थियो ।