फागुन ६, काठमाडौं ।
विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न छन् ।

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङ बताउँछन् । प्राधिकरणका अहिलेकै वितरण केन्द्रहरुमा त्यस्ता स्टेसन स्थापना गर्न सकिने प्रारम्भिक आकलन छ ।
लोडसेडिङ हटाएर चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सफल भएका घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राखेका छन् ।
उनका अनुसार चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वषर्ायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ । खासगरी, राति बढी हुने ऊर्जाको प्रयोगबाट विद्युतीय सवारी साधन प्रबर्द्धनको योजनामा छन्, घिसिङ ।
खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने देखिन्छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई त्रिरण्ण दिलाउने घिसिङको सोच छ ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा पनि दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुको विकल्प नभएको घिसिङ बताउँछन् ।
विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले प्रतिकिलोमिटर सात रुपैयाँ खर्च गर्छन् । विद्युतीय सवारी साधनमा भने प्रतिकिमि दुई रुपैयाँ मात्र खर्च हुन्छ ।
त्यही लाभ देखेर प्राधिकरणले पनि विद्युतीय सवारी साधनको प्रबर्द्धनका लागि चार्जिङ स्टेसनहरु स्थापना गर्न लागेको हो ।
तामाकोशी सञ्चालनमा आएपछि वषर्ामा १२ सय ४७ मेगावाट विद्युत उत्पादन हुन्छ । त्यसबाहेक भारतबाट ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनमार्फत् २५ वर्षसम्म एक सय ५० मेगावाट बिजुली आयात गर्नैपर्ने बाध्यता छ । अहिले अन्तरदेशीय प्रसारणलाइनबाट चार सय मेगावाटभन्दा बढी आयात भइरहेको छ ।
राति घरेलु प्रयोजनमा विद्युत् प्रयोग हुँदैन । उक्त समयको महशुल घटाएर विद्युतीय गाडी चार्ज गराउन प्रोत्साहित गर्ने घिसिङको योजना छ ।
आयातीत बिजुलीबाट चार्ज गरेर सवारी साधन गुडाउँदा फाइदा पुग्ने घिसिङ बताउँछन् । आयातीत विद्युतबाट चार्ज गर्नुभन्दा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन गुडाउँदा महँगो पर्छ ।
हाल जडान भएका ट्रान्सर्फमर र सब-स्टेसनको स्तरोन्नती गर्न सक्दा मुलुकभर चार्जिङ स्टेसनहरु स्थापना गरेर विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न सकिने घिसिङको बुझाइ छ ।
