फागुन ४, काठमाडौं ।
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शपथग्रहण शुक्रबार दिउँसो तीन बजेपछि हुने भएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै प्रदेश प्रमुखको सचिवालयले शपथको तयारी गरेको थियो ।
तर, मन्त्रिपरिषद् विस्तार गरेर शपथ लिने गरी शुक्रबार दिउँसोका लागि समय तोकिएको हो ।
मुख्यमन्त्री शाहीले आज केही मन्त्रीहरुसहित शपथ लिने तयारी गरेका छन् ।
स्रोतका अनुसार एमालेले पनि आजै केही मन्त्रीहरु पठाउने तयारी गरेको छ ।
एमालेबाट प्रकाश ज्वाला, अम्मर थापा, खड्क केसी, दल रावल लगायतको चर्चा छ ।
यसैगरी, माओवादीबाट नरेश भण्डारी, बिमला केसी र सीता नेपाली मध्यबाट मन्त्री बन्ने चर्चा छ ।