इटालियन नागरिकको ललिपुरमा मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

३ फाल्गुन २०७४, बिहीबार ०८:३३

फागुन ३ , काठमाडौं ।

ललितपुरको गोधावरीमा एक जना इटालियन नागरिकको मृत्यु भएको छ ।

कुपण्डोलस्थित होटल ग्रिनवीच भिलेजमा बसेका ७२ वर्षीय फ्रेस्सको पिएट्रो भ्यान्सलीको बुधबार मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता नरेन्द्र चन्दले उनको मृत्यु भएको पुष्टि गरे ।

प्रहरीका अनुसार ग्रिनवीच होटलका सञ्चालक प्रविण आचार्यको घरमा उनको मृत्यु भएको हो ।

उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । उनी बाथरुपमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

चन्दका अनुसार मृतक इटालियन नागरिक र होटल सञ्चालक साथी हुन् ।

यसैबीच, प्रहरीले उनको मृत्यु अस्वभाविक भन्दै अनुसन्धान सुरु गरेको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

सञ्चालकलाई निगरानीमा राखिएको छ ।