क्यानडेली खेलाडी श्रीमान्थाले सोमपालको बलमा शतक पूरा गरे

२ फाल्गुन २०७४, बुधबार ११:२४

फागुन २, काठमाडौं ।

डिभिजन टूको निर्णायक खेलमा नेपालविरुद्ध क्यानडाका खेलाडी श्रीमान्था विजेरत्नेले शतक पूरा गरेका छन् ।

क्यानाडाली टिमका ओपनर श्रीलंकाली मूलका खेलाडी श्रीमान्थाले ४९ औ ओभरको अन्तिम बलमा सोमपाल कामीको बलमा शतक पूरा गरेका हुन् ।

अन्तिम १ ओभरको खेल बाँकी रहँदासम्म १५० बल खेलेका उनले ८ चौकासहित उनले १०१ रन जोडेका छन् ।