त्रिभुवन विमानस्थलको फोहोर फ्याल्ने ठाउँमा आगलागी, ९ मिनेट उडान अबरुद्ध

१ फाल्गुन २०७४, मंगलवार १२:०४

फागुन १, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी हुँदा केहीवेर उडान-अवतरण अबरूद्ध भएको छ ।

नजिकै रहेको फोहोर फ्याल्ने ठाउँमा अपरान्ह साढे ४ बजे अागलागी भएको हो ।


विमास्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘फोहोर फाल्ने ठाउँमा आगलागी भएपछि सावधानी अपराउँदै ९ मिनेट विमानस्थल बन्द गरिएको हो । स्थिति सामान्य छ ।’

उनले दमकल नआउञ्जलका लागि विमानस्थल बन्द गरिको बताए ।