सभामुखमा पूर्ण घर्तीको उम्मेदवारी

१ फाल्गुन २०७४, मंगलवार ०७:४२

फागुन १, काठमाडौं ।

प्रदेश ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्ण घर्तीले उम्मेदवारी दिएका छन् ।

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

घर्तीको प्रस्तावकमा माओवादीका सचेतक दधिराम शर्मा र समर्थकमा एमालेका सचेतक भुमेश्वर ढकाल छन् । प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ ।