फागुन १, काठमाडौं ।
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई बुधबार नियुक्त हुँदैछन् ।
मुख्यमन्त्रीको नियुक्तिसँगै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारीसमेत छ ।
नेकपा एमाले र नेकपा माओवादीले प्रदेश १ मा एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित सोमबार प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।

मंगलबार सार्वजनिक बिदा रहेकाले बुधबार प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्दैछन् ।
एमाले संसदीय दलको नेतासमेत रहेका राईले भने ‘मुख्य मन्त्रीमा नियुक्ति र सपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद विस्तार हुनेछ’ । मन्त्रिपरिषदमा वाम गठब्ान्धनको तर्फबाट मन्त्रीहरु सहभागी हुनेछन् ।
एमाले र माओवादी केन्द्र प्रदेश १ मा ७० र ३० को प्रतिशतका आधारमा मन्त्रीहरु सरकारमा सहभागी गराउनेछन् ।
एमालेका प्रदेश सांसदहरू जीवन घिमिरे, हिक्मत कार्की, जगदीश कुसियत र सर्वध्वज सावा मन्त्री बन्ने पक्काजस्तै भएको एमाले स्रोतले जनाएको छ ।
माओवादीको भागमा बढीमा दुई मन्त्रालय पर्ने एमाले स्रोतको भनाइ छ ।
