हराएका ६ वर्षीय बालक टाउको चुडिएको र तिघ्रा नभएको अवस्थामा फेला

१ फाल्गुन २०७४, मंगलवार ०७:३३

फागुन १, काठमाडौं ।

भक्तपुरबाट साेमबार साँझ हराएका एक बालक मृत भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–७, गुण्डुबाट सोमबार साँझ हराएका ६ वर्षीय बालक शिरिष तामाङ मृत भेटिएका हुन् ।


बालकुमारी सामुदायिक वनमा टाउको चुडिएको र तिघ्रा नभएको अवस्थामा बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जंगली जनावरको आक्रमणबाट उनको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

भक्तपुर प्रहरीले मृतक तामाङको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।