आजको खेलमा अनिलकुमार शाहको डेब्यू : विश्व क्रिकेट लिग

२९ माघ २०७४, सोमबार १०:३०

माघ २९, काठमाडौं ।

राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार शाहले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत केन्याविरुद्धको खेलमा डेब्यु गरेका छन् ।


केन्याविरुद्धको खेलमा उनलाई नेपाली कप्तान पारस खड्काले राष्ट्रिय टोलीको क्याप हस्तान्तरण गरे ।

यसअघि पनि राष्ट्रिय टिममा स्थान बनाएका ब्याट्सम्यान अनिलले राष्ट्रिय टिमबाट पहिलो पटक मैदान उत्रिन लागेका हुन् ।

नामिबियाको विन्डहकमा केन्याविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।