प्रदेश ६ को सभामुखमा राजबहादुर चयन

२९ माघ २०७४, सोमबार १०:०४

माघ २९, काठमाडौं ।

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको सांसद ठम्मर बिष्टले जानकारी दिए ।