नेपाल र यूएईबीचको खेलमा ढिलाइ ; डिभिजन टू

२८ माघ २०७४, आईतवार ०९:४६

माघ २८, काठमाडौं ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा नेपाल र यूएईबीचको खेल खराब मौसमका कारण ढिलाइ भएको छ ।

आइतबार दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल खराब मौसमका कारण ढिलाइ भएको हो ।

नामिबियाको विन्डहोकमा मैदान ओसिलो भएका कारण खेल सुरु हुन नसकेको हो । खेल सञ्चालन हुने वा नहुने टुंगो नलागेकाले टस पनि गरिएको छैन ।

अब केही बेर पछि खेल सञ्चालन गर्न सक्ने वा नसक्ने टुंगो लगाउने छन् ।

डिभिजन टू मा नेपालले यसअघि भएका दुई खेलमा नामिबियालाई पराजित गरेको थियो भने ओमानसँग हार ब्यहोरेको थियो ।