प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिको तयारी

२८ माघ २०७४, आईतवार ०७:१०

माघ २८, काठमाडौं ।

वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ ।

एमाले र माओवादीले बहमुत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । ‘प्रदेश प्रमुखसामू आज दाबी पेश गर्छौं’ पोखरेलले भने ।


शंकर पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ ।

बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखले नियुक्त गर्नु पर्नेछ ।

ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।