बलिउडमा लैगिक विभेद, पुरुष कलाकारलाई गुस्सा, मासुम तर, महिला कलाकारलाई विवाहित, सुन्दर, गर्भवती

२७ माघ २०७४, शनिबार ०१:१९

माघ २७, काठमाडौं । एजेन्सी

‘जेण्डर स्टिरियोटाइपिङ इन बलिउड मुभिज’ रिपोर्टमा सन् २००० मा बनेको ब्लकबष्टर चलचित्र ‘कहो ना प्यार है’ को प्रसंग हो यो । फिल्ममा चरित्रकै कुरा गर्दा रोहित सेल्समेन हुन्छन् । उनको गायक बन्ने सपना छ । मालिक ब्यापारी हुन् शोरुम चलाउँछन् । सोनिया के गर्छिन् । के बन्न चाहन्छिन् कुनै कुरा खुलाइएको छैन । सोनियालाई कसैको छोरी भनेर प्रस्तुत गरिएको छ ।

उनी वास्तवमै को हुन् के गर्न चाहन्छिन् । दर्शकले भाउ पाउँदैनन् । यो त एउटा उदाहरण मात्रै हो हिन्दी फिल्म उद्योगमा लैंगिक समानताको विषयमा निर्देशकहरु वास्तवमै मौन छन् । हिरोइनको चरित्र खुलाउने जाँगरै चलाउँदैनन् । राम्री युवती भएपछि केही पर्दैन भन्ने मान्यता छ ।

यस रिपोर्टमा १९७० देखि २०१७ सम्म प्रदर्शन भएका फिल्मका केही चरित्रको विश्लेषण गरिएको छ । परिणाम आश्चर्यलाग्दो छ । धेरै पुरुष पात्रलाई कुनै पनि पेशामा जोडिएको देखाइएको छ । जबकी महिला कलाकारको शारीरिक सौन्दर्यलाई जोड दिइएको छ ।

विशेषणकै कुरा गर्ने हो भने पुरुष कलाकारलाई गुस्सा, मासुम जस्ता विशेषण दिइन्छ । तर, महिला कलाकारलाई विवाहित, सुन्दर, गर्भवती जस्ता विशेषण दिइन्छ ।

पछिल्लो समय महिला केन्द्रित फिल्मको अनुपात बढ्दै गएको छ । २०१५ देखि २०१७ को विचमा नायिकाको मुख्य भूमिका रहेको फिल्म १९७० को तुलनामा ४ प्रतिशतले बढेको छ ।

  • शाहरुख खानको कमाई

शाहरुख खानको कमाई सन् २०१७ मा ३ करोड ८० लाख अमेरिकी डलर छ । उनी फोर्ब्सको सूचीमा पनि परे ।

  • पि्रयंका चोपडाको कमाई

जबकी पि्रयंका चोपडा अन्तर्राष्ट्रिय टिभी शो क्वान्टिकोमा काम गर्छिन् । उनको कमाई जम्मा १ करोड अमेरिकी डलर रहेको छ ।

अध्ययनको क्रममा पेशाको पनि अध्ययन गरिएको थियो । कलाकारलाई अभिनय गराइएको ३५० पेशा छानिएको थियो । छानिएका पेशामध्ये ३० नायकलाई डाक्टरको भूमिका दिइएको छ भने १५ लाई प्रहरी अधिकारीको । ६० अभिनेत्रीलाई शिक्षिकाको भूमिका दिइएको छ भने २५ लाई सेक्रेटरीको ।