१७ बलमा ज्ञानेन्द्रले जम्मा ७ रन जोडेर आउट

२६ माघ २०७४, शुक्रबार ०८:२६

माघ २६, काठमाडौं ।

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा ओमानविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । नेपालले चौथो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

१७ बल खेलेका ज्ञानेन्द्रले १ चौकाको सहायतामा जम्मा ७ रन जोडेर आउट भए । नामिबियामा भएको खेलमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गर्दै छ ।


ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपाली क्रिकेट टिमका नयाँ सदस्य दिलीप नाथलाई साथ दिन कप्तान पारस खड्का आफै आएका छन् । नेपालले ७ ओभरको खेल सकिदा जम्मा १६ रन जोडेको छ ।

यसअघि बिहीबार भएको खेलमा नेपालले नामिबियालाई १ विकेटले हराएको थियो ।