माघ २३, काठमाडौं ।
प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ ।
तीन सय ६७ जना मतदात रहेकोमा ३६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् ।
एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका स्थानीय तहका प्रमुख/उपप्रमुख तर्फ ताप्जेजुङ मिक्वाखोला गाँउपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रकि्रयामा सहभागी नभएका हुन् ।
संखुवासभा मकालु गाँउपालिकाका प्रमुख रहेको खड्ग कटुवाल सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
प्रदेश सांसद तर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्वाहाफेले मतदान नगरेकी हुन् ।
राष्ट्रिय सभा सांसदका लागि प्रदेश नं १ मा अल्पसंख्यक र दलित गरी दुई पदका लागि लागि मतदान भएको हो ।
खुल्लातर्फ तीन र महिला तीन गरी ६ जना यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका थिए ।
