करिश्माको छातीमा खोपिएको ट्याटु शो र पहिरनको चर्चा सर्वाधिक

२४ माघ २०७४, बुधबार ०८:१८

माघ २४, काठमाडौं ।

उमेरले ४० काटेपनि नायिका करिश्मा मानन्धर पहिरनको मामालामा सधै नै अगाडि छिन् । पहिरन लगाउने बिषयमा त उनको अगाडि अहिलेका चर्चित नायिकाहरु पनि फिक्का देखिन्छन् ।

करिश्मा मंगलबार बेलुकी काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट’मा उपस्थित भइन् ।

    करिश्माको छातीमा खोपिएको ट्याटु शो र पहिरनको चर्चा सर्वाधिक

सो कार्यक्रममा पुगेकी करिश्माको पहिरनको चर्चा सर्वाधिक भयो ।

छातीमा खोपिएको ट्याटु शो गर्दै करिश्मा कार्यक्रममा पुगेकी थिइन् । साथमा, उनले लगाएको वन पिस पहिरन बोल्ड थियो । जसले गर्दा, उनी बोल्ड एन्ड ब्यूटी देखिएकी थिइन् ।

करिश्माको यहि खुबीका कारण उनी सधै नै मिडियामा चर्चामा रहने गरेकी छिन् ।