प्रदेश ४ मा ३ बजेपछि मतगणना

२४ माघ २०७४, बुधबार ०७:४७

माघ २४, काठमाडौं ।

राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ४ मा मतदान सकिएको छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।


निर्वाचन आयोगका अनुसार एक भोट मात्र खसेन । प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन् ।

५ वर्ष जेल सजाय गर्ने पुनरावेदनको फैसलालाई सर्वोच्चले सदर गरेपछि फरार उनले सपथ नै लिएका छैनन् ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि मतगणना शुरु हुनेछ ।