१५ सय किलो सुनले छाएको विचित्रको मन्दिर

२१ माघ २०७४, आईतवार १०:२६

माघ २१, काठमाडाौं । एजेन्सी

सुनले झकिझकाउ मन्दिर । छानो देखि लिएर द्वार सबै सुनका । यो मन्दिर १५ सय भन्दा धेरै सुनले बनेको छ ।

दक्षिण भारतको तमिलनाडुस्थित भेल्लोर गोल्डेन टेम्पल यस्तो मन्दिर हो जहाँ १५ सय किलो भन्दा धेरै शुद्ध सुन छ ।

 

यो मन्दिर श्रीपुरम् र महालक्ष्मी स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । सन् २००७ मा यो मन्दिर बनाइएको हो ।

सुनले छाएको हुनाले रातको प्रकाशमा यो मन्दिर झलमल बल्दछ र निकै सुन्दर देखिन्छ । वर्षेनी लाखौँ हिन्दु धर्माबलम्बी यो मन्दिरमा दर्शनका लागि आउँछन् ।

 

 

 

 

 

 

 

 

 

१ सय एकड भन्दा धेरै क्षेत्रफलमा फैलिएको यो मन्दिरको चारैतर्फ सुन्दर हरियाली रहेको छ । मन्दिर परिसरमा भारतका सबैजसो प्रमुख नदीको पानी लिएर सर्व तिर्थम सरोवर नामको कुण्ड बनाइएको छ ।

यो मन्दिरको सुरक्षामा चौबीसै घण्टा पुलिस र सुरक्षा गार्डले पहरा दिइरहेका हुन्छन् ।