माघ २१, काठमाडौं ।
यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्र ‘कृ’को एउटा गीत स्कटल्याण्डमा खिचेर यसको निर्माणपक्ष नेपाल फर्किएको छ । ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डको रमणिय स्थानमा ३ दिन लगाएर खिचिएको छ ।
यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भोली विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यसैविच, गीत सार्वजनिक हुनुभन्दा अगाडि यसका केहि तस्बिरहरु सार्वजनिक गरिएको छ । जसमा, अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन् ।
एक दर्जनको टिम स्कटल्याण्ड पुगेर यो गीतको भिडियो खिचिएको हो । सुरेन्द्र पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
