प्रदेश नं. २ मा फोरम र राजपा केन्द्रित

२० माघ २०७४, शनिबार ०५:४०

माघ २०, काठमाडौं ।

प्रदेश नं. २ को पहिलो प्रदेशसभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न मधेस केन्द्रित दलहरु छलफलमा जुटेका छन् । प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक भोलि बस्दैछ ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सांसदीय दलको बैठक जनकपुरमा शनिबार बस्दैछ । राजपा नेपालको बैठक जनकपुरको सीतासरण होटेल र फोरमको जनकपुरको पीडारीचोकमा रहेको प्रदेश पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा माघ २१ गते अर्थात भोलि हुने प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठक एवं अधिवेशनमा के–के एजेण्डासहित प्रस्तुत हुने विषयमा छलफल गरी निर्णय हुने दुवै दलका नेताहरुले जनाएका छन् ।

प्रदेश नं. २ मा सरकार बनाउन फोरम र राजपा मिलेर अघि बढ्ने सहमति भइरहेकाले पहिलो बैठकमा सभामुख र उपसभामुखको विषयमा पनि दुवै दलले शनिबार नै टुंगो लगाउने बताइएको छ