कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा विद्युत् र टेलिफोनका पोल तत्काल हटाउन पत्राचार

१९ माघ २०७४, शुक्रबार ०८:४२

माघ १९ , काठमाडौं ।

चीनको वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको छ । चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमि लामो छ ।

कलंकी–महाराजगञ्ज खण्ड विस्तारको लागत निक्र्योल भइसकेको छैन । उत्तरी छिमेकीको ताकेतापछि विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

चक्रपथकै बाँकी महाराजगञ्ज–कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा चीनले अग्रसरता लिएको छ । कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको छ

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२ मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तारसम्बन्धि सहमति भएको थियो ।

संयोगवस, चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ ।

कोटेश्वर–कलंकी खण्डको विस्तारमा पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ । र, चिनियाँ ठेकेदार र कामदारहरु नै सडक विस्तारमा उपयोग भइरहेका छन् ।

  • पूरै चक्रपथलाई आठ लेनमा विस्तार गर्ने योजनामा चिनियाँ पक्ष दृढ

उक्त खण्डको करिब ७० प्रतिशत काम सकिएको छ । ३० प्रतिशत निर्माणमा जुटिरहँदा सम्झौता अवधि ६ महिना मात्र बाँकी छ ।

उक्त खण्ड सञ्चालनमा आउनासाथ कलंकी–महाराजगञ्ज सडकमा काम थाल्ने योजनामा देखिएको छ, चिनियाँ पक्ष ।