दसैँ त आयो, तर जनताको भान्सामा ग्यास किन आएन ?

२६ आश्विन २०८३, सोमबार १७:२६

घरघरमा दसैँको रौनक छ। बजारमा चहलपहल बढेको छ। परदेशिएका आफन्त घर फर्किंदै छन्। परिवारसँग बसेर मीठोमसिनो खाने र रमाइलो गर्ने तयारी चलिरहेको छ। तर, यही खुसीको चाडमा कतिपय सर्वसाधारण भने रित्तो सिलिन्डर बोकेर ग्यासको खोजीमा भौँतारिन बाध्य छन्।

दसैँ त आयो, तर जनताको भान्सामा ग्यास किन आएन ?

परिवर्तन, सुशासन र प्रभावकारी सेवा प्रवाहको अपेक्षासहित सत्तामा पुगेको सरकारका लागि खाना पकाउने ग्यासको अभाव चुनौती बनेको छ।

महिनौँदेखि ग्यासको अभाव झेलिरहेका उपभोक्ताले दसैँको मुखमा समेत सहज रूपमा ग्यास पाउन नसक्नुले सरकारको आपूर्ति व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

दसैँमा नयाँ लुगा लगाउने र मीठो खाने सपना देखेका परिवारले ग्यासकै लागि दिन बिताउनुपर्ने अवस्था आखिर कहिलेसम्म ?

सरकार फेरियो, मन्त्री फेरिए, तर जनताको भान्साको अवस्था कहिले फेरिन्छ ?