आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर तिर्ने करदाताहरूमध्येबाट लट्री प्रणालीमार्फत ३३ जनालाई ‘करदाता पुरस्कार’का लागि छनोट गरेको छ। छनोटमा परेका ३३ मध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र ३१ जनाले प्रतिव्यक्ति एक लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
सामान्यतया यो पुरस्कारका लागि पाक्षिक (प्रत्येक १५ दिनमा) रूपमा लट्री गरिने भए पनि गत भदौ १० गते रसुवामा आएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएकाले भदौ महिनाको लट्री एकैपटक गरिएको विभागले जनाएको छ।
पुरस्कार प्राप्त गर्ने बिजक नम्बरहरू
१० लाख रूपैयाँ पुरस्कार जित्ने दुई बिजक नम्बर:
०४८ ९१५ ६१८ २११
०३६ ४४७ ८५२ ३७८
१-१ लाख रूपैयाँ पुरस्कार जित्ने ३१ बिजक नम्बर:
०३२ ४५४ २६९ २७५, ०३८ ३२८ ०९१ ४४४, ०३७ ५७८ ६२६ ७४०, ०३३ १४४ १६५ ६६६
०३६ ८२५ ६१९ ९४४, ०४४ ७४५ ४८९ ४८८, ०४२ ६१८ ४७७ ६२०, ०३९ ७०५ ९४२ ९५९
०३५ ९०७ ३३५ ९६०, ०४६ ०९२ १८८ ९६२, ०३४ ६३६ ८८५ ८९७, ०४० ००९ ४६२ ६३४
०४१ ३६५ ६६१ ५३०, ०४३ ७४६ ६३३ ०४२, ०४५ ६७१ ४९९ ५२५, ०४७ ७५१ ६२९ १२०
०५३ ७७७ ६३४ २२६, ०५६ ४७१ ६८६ ००३, ०६० १०८ ६९५ ५०७, ०५८ ५०३ ९७६ ७१९
०४९ ५२३ २१४ ६७४, ०५४ ६०९ ००४ ४७७, ०५७ ०५२ ८७४ ९४३, ०५० १९४ ५४२ ४०६
०५२ २४८ ४४५ ०५८, ०५१ ५८५ ६५४ ६३५, ०४८ ०९८ ५५७ ३७३, ०५९ ८८२ २०८ १५७
०५५ ६१८ ८७७ १६७, ०६१ ७०९ २०७ ४९९, ०६२ ९१९ १९५ ४५६
कार्यक्रमको उद्देश्य र प्रभाव
उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक (बिल) माग्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ विभागले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। उपभोक्ताले बिल माग्दा व्यवसायीको वास्तविक कारोबार सरकारी अभिलेखमा आउने, कर छली नियन्त्रण हुने र करको दायरा विस्तारमा सहयोग पुग्ने विभागको विश्वास छ।
निमित्त महानिर्देशक जनक पौडेलका अनुसार यस कार्यक्रमले उपभोक्तामा बिजक माग्ने बानीको विकास गरिरहेको छ। पछिल्लो समय बिजक माग्ने ग्राहकको संख्या बढेको बताउँदै उनले बिजक दिन आनाकानी गर्ने व्यवसायीलाई सचेत गराउनेसँगै अनुगमन र सचेतनाका कामलाई निरन्तरता दिइएको जानकारी दिए।
