प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषद्मा ठूलो हेरफेरको संकेत देखिन थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आज आफ्नो पदबाट अचानक राजीनामा दिएकी छन्।
मन्त्री यादवले आजै प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो औपचारिक राजीनामा पत्र बुझाएकी हुन्।
अहिलेको अर्थतन्त्र र उद्योग क्षेत्रका अनेकौँ चुनौतीहरूका बीच मन्त्री यादवको यो राजीनामालाई निकै चासोका साथ हेरिएको छ। उनले राजीनामा दिनुको पछाडिको मुख्य कारण भने अझै खुल्न सकेको छैन। सिंहदरबार वृत्तमा भने उनको यो कदमलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजीहरू सुरु भइसकेका छन्।
