२५ उपसचिवको सरुवा हेर्नुहोस् को कहाँ ? 

२४ भाद्र २०८३, बुधबार २०:१७

२५ उपसचिवको सरुवा

 सरकारले नेपाल प्रशासन सेवाका २५ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा सरुवा गरेको हो।

मन्त्रालयका अनुसार सरुवा गरिएका अधिकांश उपसचिवहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ। बाँकी कर्मचारीहरूलाई आवश्यकता अनुसार सङ्घीय मन्त्रालय तथा मातहतका विभागहरूमा पदस्थापना गरिएको छ।

स्थानीय तहमा प्रशासनिक नेतृत्व चुस्त बनाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् को कहाँ ?