रसुवाको भोटेकोशी नदीमा आएको वि’नाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदौ २२ गते) देशभर राष्ट्रिय शोक मनाइँदैछ। भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस प्राकृतिक विपत्तिमा अमूल्य जीवन गुमाएका नागरिकहरूको स्मृतिमा आजका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालयहरूका साथै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढी र क्षतिको अद्यावधिक विवरण: नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म बाढीमा परी मृत्यु हुनेहरूको संख्या १ हजार ३४२ पुगेको छ। फेला परेका शवहरूमध्ये:
-
पुरुष: ५३० जना
-
महिला: ३२८ जना
-
पहचान नभएका शव: ४९५ जना
यसैगरी, बाढीमा परेका ३ हजार ९९२ जना अझै सम्पर्कविहीन (बेपत्ता) छन्। बेपत्ता हुनेहरूमा स्वदेशी तथा विदेशी नागरिकहरू समेत रहेका छन्।
उद्धार, खोजी र डिएनए परीक्षण: विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी, उद्धार तथा शव व्यवस्थापनको कार्य निरन्तर जारी राखेका छन्। प्रहरीका अनुसार हालसम्म ९ हजार १५९ जनाको कुशल उद्धार गरिएको छ भने ३ हजार १९० जनालाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको छ।
मृतक तथा बेपत्ता व्यक्तिहरूको पहिचानलाई सहज बनाउन प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक र उनीहरूका आफन्त गरी कुल २ हजार ३७६ जनाको डीएनए नमुना संकलन गरिसकिएको जानकारी दिइएको छ।
