विपत्तिको घडीमा संवेदनशील बनौँ

१७ भाद्र २०८३, बुधबार १७:२४

विपत्तिको घडीमा संवेदनशील बनौँ

प्राकृतिक विपत्ति कहिल्यै सूचना दिएर आउँदैन। केही क्षणमै बाढी र पहिरोले घर–आँगन उजाड्न सक्छ, परिवार छुटाउन सक्छ र वर्षौँको मेहनतले बनाएको जीवन तहसनहस पार्न सक्छ। अहिले हाम्रो समाजले यस्तै पीडादायी परिस्थितिको सामना गरिरहेको छ। विनाशकारी बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। कतै परिवार आफ्ना प्रियजन गुमाउनुको पीडामा छन्, कतै घरबार गुमाएका मानिस सुरक्षित स्थानको खोजीमा छन् भने कतै उद्धार र राहतको प्रतीक्षामा छन्।
यस्तो संवेदनशील र दुःखद् घडीमा सामाजिक सञ्जाल हाम्रो सूचना आदान,प्रदानको महत्वपूर्ण माध्यम बन्न सक्छ। तर यही माध्यमबाट पीडितको पीडालाई झन् गहिरो बनाउने, त्रास फैलाउने वा मानव संवेदनशीलतालाई चोट पुर्‍याउने सामग्रीहरू फैलिनु दुःखद् कुरा हो। बाढी–पहिरोमा परेका मानिसका विभत्स तथा हृदयविदारक दृश्यहरू फोटो र भिडियोका रूपमा सामाजिक सञ्जालमा राख्नु वा पटक–पटक शेयर गर्नु केवल सूचना प्रवाह मात्र होइन, त्यसले पीडित परिवार र आफन्तको दुःखलाई थप बल्झाउन सक्छ।
हामीले सोच्नुपर्ने कुरा के हो भने,सामाजिक सञ्जालमा एउटा सामग्री पोस्ट गर्नुअघि त्यसले कसैको मनमा कस्तो असर पार्ला? कुनै परिवारले आफ्नो प्रियजनको पीडादायी तस्वीर अचानक सामाजिक सञ्जालमा देख्दा उनीहरूको अवस्था कस्तो होला? हाम्रो एउटा शेयरले कसैको घाउ निको पार्छ कि अझ गहिरो बनाउँछ? यी प्रश्नहरूको उत्तर खोज्दै हामी डिजिटल माध्यमको प्रयोग गर्न आवश्यक छ।
विपत्तिको समयमा हाम्रो पहिलो जिम्मेवारी मानवता र संवेदनशीलता हो। पीडितको सम्मान र गोपनीयतालाई ध्यानमा राख्दै विभत्स दृश्य, शव वा अत्यन्त हृदयविदारक फोटो–भिडियो सार्वजनिक नगर्नु नै सभ्य समाजको परिचय हो। यदि यस्ता सामग्रीहरू पहिले नै पोस्ट वा शेयर भइसकेका छन् भने पनि,विपत्तिको घडीमा संवेदनशील बनौँ,प्राकृतिक विपत्ति कहिल्यै सूचना दिएर आउँदैन। केही क्षणमै बाढी र पहिरोले घर–आँगन उजाड्न सक्छ, परिवार छुटाउन सक्छ र वर्षौँको मेहनतले बनाएको जीवन तहसनहस पार्न सक्छ। अहिले हाम्रो समाजले यस्तै पीडादायी परिस्थितिको सामना गरिरहेको छ। विनाशकारी बाढी,पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। कतै परिवार आफ्ना प्रियजन गुमाउनुको पीडामा छन्, कतै घरबार गुमाएका मानिस सुरक्षित स्थानको खोजीमा छन् भने कतै उद्धार र राहतको प्रतीक्षामा छन्।यस्तो संवेदनशील र दुःखद् घडीमा सामाजिक सञ्जाल हाम्रो सूचना आदान–प्रदानको महत्वपूर्ण माध्यम बन्न सक्छ। तर यही माध्यमबाट पीडितको पीडालाई झन् गहिरो बनाउने, त्रास फैलाउने वा मानव संवेदनशीलतालाई चोट पुर्‍याउने सामग्रीहरू फैलिनु दुःखद् कुरा हो। बाढी–पहिरोमा परेका मानिसका विभत्स तथा हृदयविदारक दृश्यहरू फोटो र भिडियोका रूपमा सामाजिक सञ्जालमा राख्नु वा पटक–पटक शेयर गर्नु केवल सूचना प्रवाह मात्र होइन, त्यसले पीडित परिवार र आफन्तको दुःखलाई थप बल्झाउन सक्छ।
हामीले सोच्नुपर्ने कुरा के हो भने,सामाजिक सञ्जालमा एउटा सामग्री पोस्ट गर्नुअघि त्यसले कसैको मनमा कस्तो असर पार्ला? कुनै परिवारले आफ्नो प्रियजनको पीडादायी तस्वीर अचानक सामाजिक सञ्जालमा देख्दा उनीहरूको अवस्था कस्तो होला? हाम्रो एउटा शेयरले कसैको घाउ निको पार्छ कि अझ गहिरो बनाउँछ? यी प्रश्नहरूको उत्तर खोज्दै हामी डिजिटल माध्यमको प्रयोग गर्न आवश्यक छ।
विपत्तिको समयमा हाम्रो पहिलो जिम्मेवारी मानवता र संवेदनशीलता हो। पीडितको सम्मान र गोपनीयतालाई ध्यानमा राख्दै विभत्स दृश्य, शव वा अत्यन्त हृदयविदारक फोटो–भिडियो सार्वजनिक नगर्नु नै सभ्य समाजको परिचय हो। यदि यस्ता सामग्रीहरू पहिले नै पोस्ट वा शेयर भइसकेका छन् भने पनि मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल हटाउनु उचित हुन्छ।यसको अर्थ विपत्तिको वास्तविकता लुकाउनु होइन। विपत्तिबारे सही सूचना दिनु आवश्यक छ। तर सूचना दिने नाममा पीडितको पीडा प्रदर्शन गर्नु आवश्यक छैन। बरु कुन क्षेत्रमा उद्धार आवश्यक छ, कहाँ सडक अवरुद्ध छ, कहाँ राहत आवश्यक छ, सुरक्षित स्थान कहाँ छ, रक्तदान वा अन्य सहयोग कसरी गर्न सकिन्छ भन्ने उपयोगी सूचना फैलाउनु आजको आवश्यकता हो।आज हामीले सामाजिक सञ्जाललाई दुःख प्रदर्शन गर्ने माध्यम होइन, दुःखमा साथ दिने माध्यम बनाउनुपर्छ। एउटा गलत तस्वीरभन्दा एउटा सही सूचना महत्वपूर्ण हुन सक्छ। एउटा हृदयविदारक भिडियोभन्दा एउटा उद्धारसम्बन्धी जानकारीले कसैको जीवन बचाउन सक्छ। एउटा अफवाहले त्रास फैलाउन सक्छ भने एउटा सत्य र जिम्मेवार सन्देशले आशा जगाउन सक्छ।
प्राकृतिक विपत्तिले हामीलाई मानिसको जीवन कति संवेदनशील छ भन्ने सम्झाइरहेको छ। यस्तो समयमा हामी सबैले आफ्नो भूमिका बुझ्नुपर्छ। राज्यले उद्धार र राहतलाई तीव्र बनाउनुपर्छ, नागरिकले सक्दो सहयोग गर्नुपर्छ र सञ्चार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले जिम्मेवार सूचना प्रवाह गर्नुपर्छ।विपत्तिको घडीमा हामीले पीडालाई तमासा होइन, जिम्मेवारीका रूपमा बुझौँ। पीडितको तस्वीरभन्दा उनीहरूको पीडा बुझौँ, त्रास फैलाउने सामग्रीभन्दा आशा र सहयोगका सन्देश फैलाऔँ।आज हामीले देखाउने संवेदनशीलता नै भोलिको सभ्य समाजको पहिचान बन्नेछ। त्यसैले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म प्रयोग गर्ने सबैमा विनम्र आग्रह गरौँ,मानवताको सम्मान गरौँ, पीडितको मर्यादा जोगाऔँ र विपत्तिको समयमा,एक,अर्काको सहारा,बनौँ,मानवीय,संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल हटाउनु उचित हुन्छ।यसको अर्थ विपत्तिको वास्तविकता लुकाउनु होइन। विपत्तिबारे सही सूचना दिनु आवश्यक छ। तर सूचना दिने नाममा पीडितको पीडा प्रदर्शन गर्नु आवश्यक छैन। बरु कुन क्षेत्रमा उद्धार आवश्यक छ, कहाँ सडक अवरुद्ध छ, कहाँ राहत आवश्यक छ, सुरक्षित स्थान कहाँ छ, रक्तदान वा अन्य सहयोग कसरी गर्न सकिन्छ भन्ने उपयोगी सूचना फैलाउनु आजको आवश्यकता हो।आज हामीले सामाजिक सञ्जाललाई दुःख प्रदर्शन गर्ने माध्यम होइन, दुःखमा साथ दिने माध्यम बनाउनुपर्छ। एउटा गलत तस्वीरभन्दा एउटा सही सूचना महत्वपूर्ण हुन सक्छ। एउटा हृदयविदारक भिडियोभन्दा एउटा उद्धारसम्बन्धी जानकारीले कसैको जीवन बचाउन सक्छ। एउटा अफवाहले त्रास फैलाउन सक्छ भने एउटा सत्य र जिम्मेवार सन्देशले आशा जगाउन सक्छ।
प्राकृतिक विपत्तिले हामीलाई मानिसको जीवन कति संवेदनशील छ भन्ने सम्झाइरहेको छ। यस्तो समयमा हामी सबैले आफ्नो भूमिका बुझ्नुपर्छ। राज्यले उद्धार र राहतलाई तीव्र बनाउनुपर्छ, नागरिकले सक्दो सहयोग गर्नुपर्छ र सञ्चार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले जिम्मेवार सूचना प्रवाह गर्नुपर्छ।विपत्तिको घडीमा हामीले पीडालाई तमासा होइन, जिम्मेवारीका रूपमा बुझौँ। पीडितको तस्वीरभन्दा उनीहरूको पीडा बुझौँ, त्रास फैलाउने सामग्रीभन्दा आशा र सहयोगका सन्देश फैलाऔँ।आज हामीले देखाउने संवेदनशीलता नै भोलिको सभ्य समाजको पहिचान बन्नेछ। त्यसैले बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म प्रयोग गर्ने सबैमा विनम्र आग्रह गरौँ,मानवताको सम्मान गरौँ, पीडितको मर्यादा जोगाऔँ र विपत्तिको समयमा एक–अर्काको सहारा बनौँ।