रसुवा भोटेकोशी बाढी अपडेट: मृतकको संख्या ७३४ पुग्यो, ८,१८६ जनाको उद्धार

१४ भाद्र २०८३, आईतवार १०:१४

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको अद्यावधिक बुलेटिनअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा मृतकको शव बरामद गरिएको हो।

बाढीको तीव्र बहावले बगाएका कारण मृतकहरूको शव रसुवालगायत आसपास तथा तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा फेला परेको प्राधिकरणले जनाएको छ।

जिल्लागत विवरण:

  • चितवन: २५९ जना

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व): १८४ जना

  • नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): ८२ जना

  • गोरखा: ५८ जना

  • नुवाकोट: ५२ जना

  • धादिङ: ५० जना

  • तनहुँ: ३६ जना

  • रसुवा: १३ जना

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका साथै बेपत्ताहरूको खोजी कार्य अझै जारी रहेको सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जनाएका छन्।