दक्षिण कोरियालाई किमले दिए धोका

१७ माघ २०७४, बुधबार ०७:४८

माघ १६, काठमाडौं ।

शीतकालीन ओलम्पिकअघि नै उत्तर कोरियाका नेता किम जोङ–उनले दक्षिण कोरियालाई धोका दिएका छन् ।

सोमवार राति उत्तर कोरियाले फेब्रुअरी ४ मा प्योङप्याङमा हुने संयुक्त सांस्कृतिक कार्यक्रममा भाग नलिने बताएका छन् । शीतकालीन ओलम्पिकमा दुवै देशले एक संयुक्त कार्यक्रम राखेका थिए ।

तर उत्तर कोरियाले फेब्रुअरी ९ बाट शुरु हुने ओलम्पिकमा भाग चाहिँ लिनेछ

शीतकालीन ओलम्पिकमा भाग लिन र कोरियाली प्रायद्वीपमा तनाव कम गर्नका लागि दुवै देशबीच दुईचोटि बैठक बसिसकेको छ ।

दक्षिण कोरियाले उत्तरको एकपक्षीय निर्णयलाई खेदजनक बताएको छ । उत्तरले चाहिँ दक्षिण कोरियाको मिडियाले आफूहरूलाई राम्रो व्यवहार नदेखाएको आरोप लगाएको छ ।

दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तरको टोली ओलम्पिकमा भाग लिन आउँदा संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको उल्लंघन हुने बताएका छन् । अनि उत्तर कोरियाको सैन्य परेडका विषयमा पनि दक्षिण कोरियाले आपत्ति उठाएको छ ।

उत्तरले जनमुक्ति सेनाको ७०औं वार्षिकोत्सवमा एक विशाल सैन्य परेड गर्ने भएको छ । त्यो परेड ओलम्पिक खेल शुरु हुनुभन्दा ठीक एक दिनअघि हुनेछ ।

दक्षिण कोरियाको समाचार संस्था योन्हापले किम आफ्नो असीम शक्तिप्रदर्शन गर्ने सुरमा रहेको लेखेको छ ।