दुर्गा प्रसाईंमाथि कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र पठायो

५ माघ २०८२, आईतवार १७:५५

निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोलाई पत्र पठाएको छ।

प्रसाईंले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएको आरोप लगाएका थिए। सो अभिव्यक्तिले भ्रम फैलाएको निष्कर्षसहित आयोगको आइतबार बसेको बैठकले कानुनी कारबाही अघि बढाउन पत्राचार गरेको हो।

आयोगका एक उच्च स्रोतका अनुसार,

“दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्तिमाथि निराधार आरोप लगाएको जानकारी आयोगमा प्राप्त भयो। निर्वाचनको संवेदनशील समयमा यस्ता आधारहीन आरोप लगाउनेलाई साइबर कानुनअनुसार आवश्यक कारबाही गर्न आयोगले आइतबार निर्णय गर्दै साइबर ब्युरोलाई पत्र पठाएको छ।”