सुकुटेमा जुट्दै ४ सयभन्दा बढी मदिरा व्यवसायी, महासंघको १९औँ साधारणसभा तयारी पूरा

५ पुष २०८२, शनिबार ११:५१

नेपाल मदिरा व्यवसायी महासंघको पौष ५,६ र ७ गते सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजना हुने १९ औ बार्षिक साधारण सभाको तयारी भएको छ । बुधबार महासंघका कन्द्रिय अध्यक्ष सोनाम शेर्पाले महासंघको साधारणसभा आयोजना हुने स्थान सिन्धुपाल्चोक जिल्लाको सुकुटेको स्थलगत अनुगमन गरि सम्पूर्ण तयारीबारे जानकारी लिएसंगै सबै तयारी पुरा भएको हो ।

देशभरीबाट चार सय भन्दा बढि मदिरा व्यावसायीहरुको सहभागि हुने कार्यक्रमका लागि अवास लगायतका सबै व्यवस्थापन सकिएको महासंघले जनाएको छ । मदिरा उत्पादक संघका पुर्व अध्यक्ष एबं याक व्रोअरी र यति डिस्टेलरीका प्रवन्ध संचालक तथा अग्रज मदिरा व्यावसायी रवि के.सि.को प्रमुख आथित्यतामा सम्पन्न हुनेछ । के.सी.ले नेपाल मदिरा व्यावसायी महासंघको भवन निर्माणमा सबै भन्दा बढि आर्थिक सहयोग गर्नुभएको थियो ।

उक्त बार्षिक साधारणसभा कार्यक्रममा राष्टिय कलाकारहरुबाट विषेश प्रस्तुति रहने छ, भने घौंटो फोर्ने, डोरी तान्ने, वियर रेस लगायतका मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएको छ । सहभागिहरुको सम्माणमा ५, ६ र ७ गते रात्री तथा दिवा भोजको आयोजना गरिएको महासंघका अध्यक्ष शेर्पाले बताउनु भयो ।

साधारण सभामा पेश गरिने प्रतिवेदन र विभिन्न उपसमितले गर्नुपर्ने विभागिय कार्य पुरा भएको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । महासंघको साधारण सभा भब्य वनाउन सबै जिल्ला मदिरा संघ र प्रदेश सघंहरुको सक्रिय सहभागितका रहने अध्यक्ष शेर्पाले बताउनु भयो ।

उक्त साधारण सभामा महासंघले गत आर्थिक बर्षमा संचालन गरेका गतिविधीहरु र बार्षिक रुपमा हासिल गरेका उपलब्धी र प्रगति विवरणहरुको समिक्षा एबं आगामी वर्ष संचालन गरिने कार्यक्रमहरु र मदिरा व्यावसायीहरुका साझा समस्याहरुका विविध विषयहरुमा छलफल गरिने बताईएको छ । यसै गरि महासंघको उक्त बार्षिक साधारण सभामा महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघको प्रगति विवरण, महासचिव गोविन्द प्रसाद बरालले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष रमेश आचार्यले आर्थिक प्रतिबेदन पेश गर्नुहुने कार्यसुचि रहेको छ ।

गत बार्षिक साधारण सभामा व्यावसायीहरुको मदिरा कारोबार सम्बन्धी मार्जिनका विषयमा महत्वपूर्ण निर्णय गरि कार्यान्वयन समेत गरिएको थियो । यस निर्णयले मदिरा व्यावसायीहरुलाई कारोवार गर्न निकै ठुलो राहत भएको थियो ।